निर्धन उत्थान लघुवित्तको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
निर्धन उत्थान लघुवित्तको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा

जेठ १२, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिहीवारदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयरमा लिलामीबाट विक्री गर्न लागेको हो । यस लिलामी शेयरमा आवेदकले जेठ २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्तारू. ५५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयर खरीदका लागि आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन भने अधिकतम शेयरको लागि कुनै हद लाग्ने छैन ।

Read More
  • EBL