मर्जर प्रस्ताव पारित गर्न नेशनल र महिला सहयात्राको साधारणसभा आह्वान, स्वाप कति ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मर्जर प्रस्ताव पारित गर्न नेशनल र महिला सहयात्राको साधारणसभा आह्वान, स्वाप कति ?

मर्जर (गाभ्ने/गाभिने) प्रताव पारित गर्न नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तले विशेष साधारणसभा आह्वान गरेका छन् । नेशनलले जेठ २५ गते आफ्नै केन्द्रिय धादिङमा सभा  आह्वान गरेको हो भने महिला सहयात्राले पनि जेठ २५ गते नै आफ्नै केन्द्रिय कार्यालय मकवानपुरमा सभा आह्वान गरेको हो ।  

नेशनलले महिला सहयात्रालाई गाभ्ने प्रस्ताव पारित गर्ने छ भने महिला सहयात्राले नेशनलमा गाभिने प्रस्ताव पारित गर्ने छ ।  नेशनलले १००:६८ को स्वाप रेसियोमा महिला सहयात्रालाई गाभ्न लागेको हो ।  अर्थात महिला सहयात्राको १ सय कित्ता शेयर हुने शेयरधनीले मर्ज पछि बन्ने संस्थाको ६८ कित्ता शेयर पाउने छन् ।  

सभामा गाभ्ने गाभिने सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, डिडिए रिपोर्ट र स्वाप पारित गर्ने, मर्जर प्रर्कियाको लागि भएका खर्च अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, र निमायक निकायबाट प्रबन्धपत्र र नियमावलीमा  थप संशोधनको लागि निर्देशन भइ आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ ।  ...

Read More
  • MBL