नेपाल बैंकको ऋणपत्र बाँडफाँट तथा रकम फिर्ता



Aarthik Abhiyan

जेठ १०, काठमाडौं । नेपाल बैंककोे ऋणपत्र जेठ ९ गते बाँडफाँट भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदर रहेको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो । 

कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गरेको भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गरेको छ । 

सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

Read More
  • Financial Notices