प्रभु इन्सुरेन्सको एजीएम आज, १०% बोनस वितरण प्रमुख एजेन्डा



Nepali Paisa

काठमाडौं  : प्रभु इन्सुरेन्सको वार्षिक साधारण सभा आज (वैशाख ६ गते) बस्दैछ । सभा प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश हुँदैछ ।

यस्तै, कम्पनीको प्रबन्धपत्रमा सामुहिक लगानी कोष सञ्चालन गर्ने उद्देश्य थप गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले वैशाख २६ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । तसर्थ, वैशाख २५ गतेसम्म कायम सयरधनीले प्रस्तावित १०% बोनस सेयर पाउने छन् ।

Read More
  • Sunrise Bank