फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष भगवति चौधरी कोरोना संक्रमितलाई अक्सीजन सिलिण्डर वितरण तथा अन्य राहातका काममा व्यस्त भएकी छन् । पछिल्लो समय उनी व्यक्तिगत र संस्थागत रुपमा सामाजिक कार्यमा अहोरात्र खटिएकी छन । छन । फरवार्ड माइक्रोफाइनान्सले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजनसहितका सिलिन्डर हस्तान्तरण गरेको छ ।
कोरोनाको दोस्रो लहर फैलिएपछि नेपालमा सार्वजनिक जीवन नाजुक बनेको छ। दैनिक संक्रमित थपिइरहेका छन्, स्वास्थ्य संस्थामा बेड, अक्सिजन सिलिन्डर र औषधि जस्ता अत्यावश्यक कुराको अभाव देखिएको छ।
महामारीका रूपमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड-१९ को संक्रमणका कारण अक्सिजनको खपत दैनिक बढिरहेको बेला पूर्वराज्यमन्त्री तथा फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष एवम् नेकपा (एमाले) सुनसरी जिल्ला ईन्चारज भगवती चौधरीले प्रतिष्ठानलाई ५० थान अक्सिजन सिलिण्डर र मोरङको विराट मेडिकल कलेज शिक्षण अस्पताललाई २ मनिटर हस्तान्तरण गरेको बताउनुभयो ।