सिद्धार्थ बैंकले कोरोना भाइरस नियन्त्रण कोषलाई दियो एक करोड चार लाख



Setopati

सिद्धार्थ बैंकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि एक करोड सहयोग गरेको छ। 

बैंकले प्रत्येक प्रदेश सरकारको सो कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखा रहेका १७ वटा गाउँपालिकाका कोषमा दुई लाखका दरले ३४ लाख सहयोग गरेको हो।

बैंकले स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा देशभरका विभिन्न शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको बताएको छ।

Read More
  • NBB
  • NCC Bank