मर्जरपछिको इन्भेष्टमेन्ट र हिमालयन बैंक : अधिकांश सूचकमा पहिलो, प्रतिस्पर्धा 'नेक टू नेक'



Nepal Artha

काठमाडौं । वाणिज्य बैंकमध्ये प्रभावशाली मानिएका दुई वाणिज्य बैंकहरुबीच आज मर्जरसम्बन्धी औपचारिक सम्झौता हुँदैछ । अपराह्न ३ बजे काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पााडेले बताए । ‘आज ३ बजेपछि सम्झौता गर्ने तयारी भएको छ,’ उनले भने ‘ एकीकृत कारोबार भने कहिले हुन्छ, त्यो अहिले भन्न सक्ने अवस्था छैन । जतिसक्दो छिटो हामी एकीकृत कारोबारमा जान्छौं ।’

राष्ट्र बैंकले ठूला बैंकहरुको मर्जरका लागि नीति लिएको करिब २ वर्षपछि यी बैंकहरुबीच मर्जर हुन लागेको हो । यसअघि ग्लोबल आईएमई र जनता बैंकले एउटा मर्जर प्रक्रिया पूरा गरिसकेका छन् । 

लामो छलफलपछि यी बैंकहरुले मर्जरसम्बन्धी विषयवस्तुबारे सम्झौतामा पुगेका हुन् । दुवै बैंकको अस्थित्व कायम हुनेगरी मर्जरमा जान दुई बैंकहरु तयार भएका हुन् ।

नयाँ बैंकमा अध्यक्षसहित ४ सञ्चालक इन्भेष्टमेन्ट बैंकबाट हिमालयन बैंकबाट ३ सञ्चालक रहने, प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकबाट रहने, स्वाप रेसियो बराबर रहने खालको समझादारी भइसकेको छ । सम्झौताअघि नै व्यापक छलफल भइसकेकोले मर्जरले औपचारिकता पाउन समेत धेरै समय नलाग्ने देखिन्छ । 

वाणिज्य बैंकबीचको छैटौं मर्जर

वित्तीय प्रणालीकै लागि महत्वपूर्ण मानिएका यी दुई बैंकबीचको मर्जर नौलो भने होइन । नेपाली बैंकिङ इतिहासमा अहिलेसम्म ५ वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियाबाट विलय भइसकेका छन् । त्यसले वाणिज्य बैंकहरुमध्येको यो छैटौं मर्जर हो । ...

Read More
  • NBB
  • NCC Bank