नेपाल बैंक लिमिटेड फेरी पनि रेटिङ्गमा



Aarthik News

काठमाडौं । विश्वमै ख्यातिप्राप्त मुडिज्को लगानी सेवा उपलब्ध गराउने कम्पनी इक्रा नेपाल लिमिटेडद्वारा मुडिज्को स्टैण्डर्ड बमोजिम देशकै पहिलो बैंक — नेपाल बैक लिमिटेड लाई ”ए” स्तरको रेटिङ्ग कायम गरिएको छ । रेटिङ्ग एजेन्सीद्वारा यस स्तरको रेटिङ्ग प्राप्त गर्ने बैंक तथा बित्तिय संस्थाको आफ्नो बित्तिय तथा आर्थिक दायित्व लाई समयमै भुक्तानीगर्न सक्ने पर्याप्त क्षमता हुने जनाएको छ । 

बैंकको CASAको हिस्सा ६३% रहेको जुन नेपालको बैकिङ्ग क्षेत्रको औषत भन्दा उच्च रहेको, पर्याप्त पुँजीकोष अनुपात रहेको, कर्जा तथा निक्षेपको concentration जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जस्ता आधारहरु प्रमाणित हुनेहुँदा बैंक प्रतिको बिश्वसनियता बढ्नुका साथै बैंकको ब्यबसाय बृद्घि तथा बिस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्ष गर्न सकिन्छ ।

Read More
  • Financial Notices