सेन्ट्रल फाइनान्सको १५ औँ शाखा इटहरीमा


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
सेन्ट्रल फाइनान्सको १५ औँ शाखा इटहरीमा

सेन्ट्रल फाइनान्स लिमिटेडले प्रदेश १ को सुनसरीको इटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसँगै इटहरी र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ सेवामा सहज पहुँच पुग्नेछ ।
२०५४ साल बैशाखदेखि सञ्चालनमा रहेको यस वित्तीय संस्थाको २०७७ चैत्र मसान्तसम्ममा चुक्ता पुंजी रु.८८ करोड १० लाख, निक्षेप रु.५ अर्ब २६ करोड ६१ लाख र कर्जा लगानी रु. ३ अर्ब ८७ करोड ८३ लाख रहेको छ ।
ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान, सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा, धनुषाको जनकपुर गरी १२ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुँच बढाउने उद्देश्य अनुरुप प्रदेश १ कै झापाको बिर्तामोडमा थप शाखा खोल्ने तयारी रहेको छ ।

Read More
  • EBL
  • NMB