हेर्नुहोस् आज शनिबार तपाईको आर्थिक राशिफल कस्तो रहेको छ ? (वैशाख कृष्णपक्ष द्वादशी तिथि)


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
हेर्नुहोस् आज शनिबार तपाईको आर्थिक राशिफल कस्तो रहेको छ ? (वैशाख कृष्णपक्ष द्वादशी तिथि)

Financial Notices  मोबाईल एप्स Android Download  र iOS Download गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

वैशाख २५ गते शनिबार, वैशाख कृष्णपक्ष द्वादशी तिथि  

मेष
आज चन्द्रमा तपाईंको राशिबाट बाह्रौ रहेकाले  नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ ।    

वृष 
चन्द्रमा आज तपाईंको राशिबाट एघारौँ रहेकाले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन ।

मिथुन 
चन्द्रमा आज तपाईंको राशिबाट दशौँ रहेकाले रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । व्यापारमा फाइदा हुनेछ ।

कर्कट
चन्द्रमा आज तपाईंको राशिबाट नवौँ रहेकाले आज राम्रोसंग सोचविचार गरेर गरेको कामबाट राम्रो प्रतिफल मिल्न सक्छ। 

सिंह
चन्द्रमा आज तपाईंको राशिबाट आठौँ रहेकाले आज बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ ।   

कन्या
चन्द्रमा आज तपाईंको राशिबाट सातौँ रहकाले बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ ।

तुला
चन्द्रमा आज तपाईंको राशिबाट छैटौँ रहेकाले आज व्यापारमा वृद्धि हुने र आर्थिक क्षेत्र सुध्रिन सक्छ। 

वृश्चिक
चन्द्रमा आज तपाईंको राशिबाट पाँचौं रहेकाले आज काममा रहेको प्रशासनिक झमेला हट्ने र काममा राम्रो हुन सक्छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन । 

धनु
चन्द्रमा आज तपाईंको राशिबाट चौथों रहेकाले आज नसोचेको क्षेत्रमा खर्च हुनाले आर्थिक समस्या हुन सक्छ। 

मकर
आज चन्द्रमा तपाईंको राशिबाट तेश्रो रहेकाले आज व्यवसाय वा कामबाट आम्दानीमा वृद्धि हुन सक्छ।  

कुम्भ
आज चन्द्रमा तपाईंको राशिबाट दोश्रो रहेकाले स्थिर सम्पति जोड्न सक्ने र सुनचादी आदि खरिद गर्न सक्ने समय रहेको छ। 

मीन
चन्द्रमा आज तपाईंको राशिमा रहेकाले आज नँया काम गर्ने जोश जागर आउनाले नँया कामको सुरुवात हुन सक्छ।

धनको कमी किन भइरहन्छ ? हेर्नुहोस् राशि अनुसारको आर्थिक समस्याबाट छुट्करा मिल्ने पुजा र जप विधि।

___________

वैशाख १९ गतेदेखी २५ गतेसम्मको साप्ताहिक आर्थिक राशिफल

मेष 
मेष राशिको लागि यो साताको सुरुमा धनको हानी हुन सक्ने, स्वास्थमा समस्या आउनाले काम गर्ने उत्साहको कमि हुन सक्ने रहेको छ।  साताको मध्यतिर धनको लाभ हुन सक्ने, छोटो यात्रा हुन सक्ने, व्यवसायमा लाभ हुन सक्ने रहेको छ भने साताको अन्त्यमा काममा प्रगति हुन सक्ने, व्यवसायबाट राम्रो फाइदा लिन सकिने र आर्थिक क्षेत्रहरु बलियो हुन सक्ने रहेको छ।  

वृष 
वृष राशि हुनेहरुको लागि यो साताको सुरुवातको समयमा सहयोगीहरुले साथ छोड्न सक्ने, काममा अवरोध आउन सक्ने रहेको छ र साताको बीचमा सामाजिक मानसम्मानमा कमी आउन सक्ने, बौद्धिक क्षेत्र कमजोर रहन सक्नेछ। साताको अन्त्यमा धनको लाभ हुन सक्ने, पारिवारिक सहयोगले कामहरु बन्न सक्ने, काम गर्ने उत्साह मिल्न सक्ने, आम्दानी बढ्न सक्ने रहेको छ।  

मिथुन 
मिथुन राशि हुनेहरुको लागि यो साताको सुरुमा बिग्रिएको काम बन्न सक्ने, व्यवसायबाट राम्रो लाभ हुन सक्ने, छोटो तर लाभदायक यात्रा हुन सक्ने, नया कामको सुरुवात हुन सक्ने र आम्दानीमा सुधार हुन सक्ने छ।  साताको मध्यमा अकस्मात् खर्च बढ्न सक्ने र काम वा व्यवसायमा समस्याको सामना गर्नुपर्ने हुन सक्छ। साताको अन्त्यमा पारिवारिक समस्याले काममा समस्या आउने, हतारको कामले समस्या आउन सक्छ। 

कर्कट 
कर्कट राशि हुनेहरुको लागि साताको सुरु र मध्यको समयमा आम्दानी बढ्न सक्ने र आम्दानीको नया बाटो मिल्न सक्ने, उपहार, पुरस्कार आदिको प्राप्ति हुन सक्नेछ।  साताको अन्त्यमा पारिवारिक कलह र शत्रुहरुको कारणले गर्दा काममा समस्या आउन सक्ने, व्यवसायमा सोचे जस्तो लाभ मिल्न नसक्ने, मन धेरै चन्चल हुने रहेको छ। 

सिंह
सिंह राशि हुनेहरुको लागि यो सातामा व्यवसायमा नोक्सान हुन सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने र खर्च पनि बढ्न सक्ने रहेको छ तर साताको मध्यबाट आर्थिक क्षेत्र सुधार हुन सक्ने र आम्दानी पनि राम्रो हुन सक्ने, काममा प्रगति हुन सक्ने सम्भावना रहेको छ ।  

कन्या
कन्या राशि हुनेहरुको लागि यो साताको सुरुका दिनमा कामबाट र आर्थिक क्षेत्रबाट असन्तोष हुन सक्ने रहेको छ।  साताको मध्यमा पारिवारिक कलह र विश्वास गरेकाहरुबाट धोका हुनाले नैराश्यता आउनाले काममा ध्यान दिन नसकिएला।   साताको अन्त्यमा रोकिएका कामहरु सुचारु हुने र भाग्यले काम र आर्थिकमा राम्रो साथ दिने समय छ। 

तुला
तुला राशि हुनेहरुको लागि यो साताको सुरुमा काम वा व्यवसायमा सामान्य प्रगति हुन सक्ने रहेपनि साताको  मध्यमा काममा रोकावटले गर्दा आर्थिक समस्या हुन सक्ने  र पारिवारिक समस्याले गर्दा काममा ध्यान दिन नसकिने हुन सक्ने रहेको छ। साताको अन्त्यमा भने काममा प्रगति र व्यवसायबाट लाभ र  धन आगमनमा वृद्धि हुने छ।  

वृश्चिक
 वृश्चिक राशि हुनेहरुको लागि यो साताको सुरुमा कामबाट सन्तुस्टि मिल्न सक्ने, शेयर कारोबारबाट लाभ हुन सक्ने, नंया लगानी गर्दा पनि राम्रो हुन सक्ने रहेको छ।  साताको मध्यमा काम  गर्ने जोश जागर बढ्न सक्ने र काममा सोचे जस्तो राम्रो प्रगति हुने समय छ। साताको अन्त्यमा खर्च बढ्न सक्ने, व्यवसायमा घाटा हुन सक्नेछ। 

धनु
धनु राशि हुनेहरुको लागि यो साताको सुरुवातको समय काम, व्यवसाय र आर्थिक क्षेत्रको लागि राम्रो रहेपनि साताको बीच र अन्त्यको समयमा काम वा व्यवसायबाट आर्थिक लाभ हुन सक्ने रोकिएका कामहरु बन्न सक्ने, परिवारको साथसहयोग मिल्ने र काम गर्ने उत्साह जाग्ने रहेको छ। 

मकर
मकर राशि हुनेहरुको लागि यो साताको सुरुमा आम्दानीमा कमि र खर्च बढ्न सक्ने रहेको छ। साताको बीच र अन्त्यको समयमा काममा पदोन्नति हुन सक्ने, धातुको लाभ मिल्न सक्ने, शेयर बजारबाट राम्रो फाइदा हुन सक्ने, व्यवसायको क्षेत्र बिस्तार हुन सक्ने, आम्दानी बढ्न सक्ने रहेको छ।

कुम्भ
कुम्भ राशि हुनेहरुको लागि साताको सुरुमा कामले गर्दा मानसम्मान पाउन सकिने, नँया कामको अवसर आउन सक्ने,  राम्रो आम्दानीको मौका आउन सक्ने समय रहेको छ। साताको मध्यमा काममा रोकावट वा व्यवसायमा नोक्सानी हुन सक्ने सम्भावना रहेकाले गर्दा अलिक ध्यान  दिनुपर्ने देखिन्छ । साताको अन्त्यमा पारिवारिक सहयोग प्राप्त हुने, समयले साथ दिने र कामहरु सम्पन्न हुन सक्नेछ। 

मीन
मीन राशि हुनेहरुको लागि यो साताको सुरु र मध्यको समयमा कामको क्षेत्रमा सुधार आउन सक्ने, व्यवसायबाट सफलता मिल्न सक्ने र धनको आगमनमा वृद्धि हुन सक्ने, सहयोगीहरुले साथ दिन सक्ने रहेको छ। साताको अन्त्यमा काममा समस्याको सामना गर्नुपर्ने, बन्न लागेको काम बिग्रिन सक्ने, अनाबश्यक खर्च हुन सक्ने समय रहेको छ।

_______________

वैशाख महिनाको आर्थिक  राशिफल (२०७८)

मेष
समय राम्रो रहेको छ। आफन्त वा साथीभाईको सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछ। पदीय उन्नति हुनेछ। मनोरन्जनको क्षेत्रमा खर्च हुन सक्छ। नँया सामान खरिद गरिनेछ। नँया काममा गरिएको लगानीले महत्वपूर्ण फाइदा दिलाउन सक्नेछ। महिनाको अन्त्यतिर काममा सामान्य समस्या आउन सक्छ। 

वृष
आर्थिक बिषयलाई लिएर मन दोधार रहन सक्छ। किनबेच सम्बन्धि कामहरु राम्रो हुन सक्छ। अरुलाई पैसा दिदा विचार गर्नुपर्छ। आम्दानीमा सामान्य वृद्धि हुन सक्छ। अनाबश्यक खर्च बढ्न सक्नेछ। काममा ढिलासुस्ती हुन सक्छ। नँया लगानी गर्दा पनि विचार पुर्याउनु पर्ला। 

मिथुन
शेयर बजार वा अन्य दीर्घकालीन क्षेत्रमा लगानी हुन सक्छ। पहिले लगानी गरेका क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुन सक्छ। नोकरीबाट पनि आर्थिक उन्नति वा राम्रो धन प्राप्त हुन सक्ने रहेको छ। काममा रहेको बिघ्नबाधा हट्नेछ। रोकिएका आर्थिक लेनदेनहरु पनि मिल्नेछ। 

कर्कट
नँया काम वा व्यवसाय सुरु गर्न सक्ने समय छ। प्रशासनिक क्षेत्रबाट पनि सहयोग प्राप्त हुनेछ। गरिरहेको काममा पदोन्नति हुने वा नँया जिम्मेवारी मिल्न सक्नेछ। आम्दानी पनि राम्रो हुन सक्नेछ। 

सिंह
महिनाको सुरु र मध्यको समयमा कामबाट अपजस आउन सक्ने, काममा सामान्य रोकावटले पनि आर्थिक समस्या आउन सक्ने रहेकोछ। महिनाको मध्यतिरबाट काममा रहेको अबरोध हट्ने, रोकिएको आर्थिक लेनदेन मिल्ने र आर्थिक क्षेत्रबाट केहि सन्तुष्टि मिल्न सक्ने छ।

कन्या
हतारमा काम गर्नाले आर्थिक हानी हुनसक्छ।  अचानक स्वास्थ्य समस्या देखा पर्नसक्छ । अनावश्यक विवाद हुनसक्छ । प्रतिस्पर्धी बलियो हुने र विश्वासघात हुन सक्ने रहेको छ। राम्रोसँग सोचविचार गरेर अगाडि बढ्दा महिनाको अन्त्यतिर काम र आर्थिकमा सामान्य सुधार हुन सक्छ।

तुला
पारिवारिक समस्याले काममा अलिक ध्यान दिन समस्या भएपनि मेहनत गर्दा राम्रो प्रगतिको अवसर मिलन सक्छ। धन संचय पनि हुन सक्नेछ। रचनात्मक काममा रुचि हुनेछ। मनोरंजन वा पारिवारिक क्षेत्रमा खर्च हुन सक्छ।

वृश्चिक
सुरुवाती समय अनुकुल रहन सक्नेछ । साथीभाईको सहयोग मिल्नुका साथै नँया काम सुरु गर्ने अवसर पनि मिल्न सक्छ। आर्थिक पक्ष सुुदृढ हुनेछ । महिनाको मध्यतिर मानसिक तनाब बढ्नाले काम सम्पन्न गर्न समस्या हुन सक्ने र विरोधीहरुले काम बिगार्न सक्ने भएकाले ध्यान दिनुपर्नेछ।  महिनाको अन्त्यतिर रोकिएका कामहरु बन्ने, रचनात्मक काममा रुचि बढ्ने रहेको छ। 

धनु
महिनाको सुरुवाती समय काममा जिम्मेवारी बढ्न सक्ने, कार्य सम्पादन राम्रो सँग गर्न सकिने छ। महिनाको मध्यमा व्यक्तिगत वा पारिवारिक क्षेत्रका समस्याले गर्दा काममा पनि असर गर्न सक्छ। महिना अन्त्यमा काममा सुधार र आर्थिक उन्नतिको अवसर आउन सक्छ। 

मकर
महिनाको सुरुवाती समयमा काममा केहि अबरोध आउने, अनाबश्यक विवाद हुने  र खर्च धेरै हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने छ।  महिनाको मध्यतिर पनि कामबाट जस नमिल्ने, विरोधी आफूभन्दा बलियो हुन सक्ने रहेको छ।  महिनको अन्त्यतिर काम र आर्थिकमा सुधार देखिन सक्छ।

कुम्भ
कामबाट आफ्नो प्रतिष्ठा बढाउन सकिनेछ।  विरोधीहरु परास्त हुनेछन्। नँया लगानीको अवसर आउन सक्छ। पूर्व सन्चित धनहरुमा वृद्धि हुन सक्छ। योजनाअनुुरूप काम सम्पन्न हुुनेछन् । आर्थिक लाभ हुुनसक्छ । खर्च पनि बढ्न सक्ने छ। 

मीन 
समय सामान्य रहेको छ। आर्थिक लेनदेन गर्दा विचार पुर्याउनु पर्छ।  विश्वास गरेकाबाट विश्वासघात हुन सक्छ। काममा सामान्य प्रगति हुनेछ।  आर्थिक कारोबारमा ध्यान दिएर काम गर्दा आर्थिक क्षेत्र राम्रो रहन सक्नेछ।

_________________________

_________

(www.merojyotish.com)

Read More:______

हाल कुन बैंकको व्याजदर कति छ ।

हेर्नुहोस् बैंक तथा वित्तीय संस्थाका रोजगारीका आवसरहरु।

पल पलको ताजा आर्थिक समाचार पढ्नुहोस् ।

हेनुहोस् सेयर बजारका लगानीको अवसरहरु ।

Read More
  • MBL