काठमाडौंमा बाल अस्पताल निर्माणका लागि ग्लोबल आइएमइ बैंकको एक करोड सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
काठमाडौंमा बाल अस्पताल निर्माणका लागि ग्लोबल आइएमइ बैंकको एक करोड सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि सहयोग प्रदान गरेको हो । 

शुक्रबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइराला बीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अगाडि बढेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले समाजपयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए।  ...

Read More
  • MBL