अर्बपति लगानीकर्ता वारेन बफेटले तोके बर्कशायर ह्याथवेका उत्तराधिकारी



Aarthik Abhiyan

वैशाख २१, ओमाहा (अमेरिका) । अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेका उत्तराधिकारीको घोषणा गरेका छन् । 

बफेटले कम्पनीका उपाध्यक्ष ग्रेग अबेल आफूपछि बर्कशायरका प्रमुख कार्यकारी(सीईओ) बन्ने बताएका छन् । बफेट ९० वर्षका भइसकेका छन् । उनले अहिलेसम्म पनि आफू कम्पनीको सीईओबाट कहिले बाहिरिन्छु भनेर बताएका छैनन् ।

तर विगत एक दशकभन्दा लामो समयदेखि बफेटको उत्तराधिकारी को बन्लान् भनेर अड्कलबाजी चलिरहेको थियो । आफ्नो उत्तराधिकारी कोही बने भने ग्रेग नै हुने बफेटले सीएनबीसीलाई बताएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले समाचार छापेका छन् । 

Read More
  • Financial Notices