लकडाउनका कारण काम नपाएको भन्दै भिमबहादुरले पैसा चोर्न नेपाल बैंकको एटिएम फोडे, फोड्दाफोड्दै पक्राउ...!



Artha Sarokar

रुकुम । लकडाउनका कारण धेरै नागरिक बेरोजगार बन्नुपरेको छ । त्यसमा पनि लकडाउनका कारण श्रमिक बर्गलाई ठुलो समस्या परेको छ । यस्तै लकडाउनकै कारण देशका कतिपय स्थानमा चोरीका घटना बढेका छन् । यस्तै घटना घटेको छ, रुकुम पश्चिमको जिल्ला सदरमुकामको मुख्य बजारमा रहेको नेपाल बैंक लिमिटेडमा । जिल्लाको नेपाल बैंकको शाखामा पैसा चोर्ने नियतका साथ शाखाको एटिएम मेसिनमा तोडफोड भएको छ । मेसिन तोडफोडमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

बैकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा मुसिकोट नगपालिका वडा नम्बर १ का ३० बर्षिय भिमबहादुर बि.क.लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ...

Read More
  • Financial Notices