नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई एक्वायर गर्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई एक्वायर गर्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वायर) गर्ने सैद्धान्तिक सहमति प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकबाट बैशाख १५ गते सहमति प्राप्त भएको हो ।

दुई लघुवित्त वित्तीय संस्थाबीच गत माघ ८ गते मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्झौता भएको थियो ।

महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिकामा छ भने नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङमा रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ।

Read More
  • MBL