सिभिल बैंकलाई आधारभूत र प्राविधिक सूचकहरुका आधारमा हेर्दा यस्तो देखिन्छ अवस्था



Nepali Paisa

काठमाडौं : सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० करोड २५ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो । गत वर्ष सिभिले  ३६ करोड ५ लाख रुपैयाँ रुपैयाँमात्र नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ७० करोड ८९ लाख रुपैयाँबाट ९.८७ प्रतिशत घटेर १ अर्ब ५४ करोड रुपैयाँमा आएको छ ।

वैधानिक रिजर्भ १२ करोड ५२ लाख ६८ हजार तथा नियामकीय रिजर्भमा ६ करोड ९४ लाख रुपैयाँ स्थानान्तरणपछि सिभिलको वितरणयोग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँबाट बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ । नेट ट्रेडिङ आम्दानी भने २२.४९ प्रतिशतले बढेर १६ करोड ८९ लाख २२ हजार पुगेको छ । अन्य सञ्चालन आम्दानी पनि ८६.०९ प्रतिशतले बढेर ८ करोड ७१ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

जोखिम व्यवस्थापन कोष पनि ३१ करोड १ लाख रुपैयाँबाट घटेर १७ करोड ७३ लाख ३१ हजारमा आएको छ । यता, कर्मचारी खर्च ०.२९ प्रतिशतले घटेर ७६ करोड ५३ लाख रहेको छ भने अन्य सञ्चालन खर्च ६.९७ प्रतिशत घटेर ३७ करोड २३ लाख रुपैयाँ कायम भएको छ । ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको जगेडा कोषमा १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ सञ्चित छ । 

Read More
  • NCC Bank