सिभिल बैंकको खुरखुरे शाखा स्थानान्तरण, स्थानीय स्तरको अर्थतन्त्र उकास्न भूमिका खेल्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल बैंकको खुरखुरे शाखा स्थानान्तरण, स्थानीय स्तरको अर्थतन्त्र उकास्न भूमिका खेल्ने

काठमाडौँ / सिभिल बैंकले आफ्नो खुरखुरे शाखाको स्थानान्तरण गरेको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले स्थानान्तरित खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेकी हुन् । 

हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गर्दै गरिएको कार्यक्रममा 
नगरप्रमुख बरालले खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पु-याउने बताइन् । 

ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसँग भएको सानो सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरिन् । 

Read More
  • MBL