सारथी नेपाल लघुवित्तको प्रस्तावित ८.५६ % लाभांश शुक्रवार पारित हुँदै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सारथी नेपाल लघुवित्तको प्रस्तावित ८.५६ % लाभांश शुक्रवार पारित हुँदै

शाख २, काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ८ दशमलव ५६ प्रतिशत लाभांश शुक्रवार पारित हुँदैछ ।

कम्पनीले यस वर्ष ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको  हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले शुक्रवार १२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । होटल अरनिको धुलिखेल, काभ्रेमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांश पनि पारित गर्न लागेको हो ।नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया सम्पन्न गरेको यस कम्पनीले नयाँ नेपाल लघुवित्तको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो ।

Read More
  • MBL - below news