सूर्योदय लघुवित्तको एजीएम आज, एफपीओ जारी गर्ने एजेन्डा



Nepali Paisa

काठमाडौं  : सूर्योदय लघुवित्त वित्तीय संस्थाको एजीएम आज (चैत ३१ गते) बस्दैछ । सभा सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा बिहान ८ बजे सुरु भएको छ । सभामा कम्पनीले १५.३५% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गरेको छ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८१% नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ ।

कम्मपनीमा सर्वसाधारण सेयरधनीको हिस्सा बढाएर ३०% पुर्याउन एफपीओ जारी गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ । हाल कम्पनीमा संस्थापक हिस्सा ७८.२५% र सर्वसाधारण हिस्सा २१.७५% रहेको छ । सूर्योदयले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने भएको छ ।

Read More
  • NCC Bank