कुमारी बैंकको क्युआर भुक्तानी सेवा शान्तिनगर पशुपति एग्रो मार्टमा



Banking Khabar

कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ ।

कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको प्रमुख आतिथ्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, लगायतआमन्त्रित अतिथिहरुको उपस्थितिमा क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरिएको थियो ।

कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्यु आर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको छ । “यस क्यु आर प्रणाली अन्तर्गतको भुक्तानीमानगदबोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानीगर्न मिल्ने जस्ता फाइदाहरु रहेका छन् । त्यसैगरी, व्यवसायीहरु हरेक दिनबिक्रीगरिएको रकमजम्मागर्न बैंक धाई राख्नुपर्र्नेेे तथाखुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन’, कुमारी बैंकक प्रमुखकार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी गराउनु भयो ।

Read More
  • Financial Notices