मेगा बैंकको क्यूआर कोड सेवा धनगढीका रिक्सा चालकहरू हर्षित


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मेगा बैंकको क्यूआर कोड सेवा धनगढीका रिक्सा चालकहरू हर्षित

मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन् ।  

बिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरु खुसी भएका हुन् ।

 नेपाल राष्ट्र बैंक भुक्तानी बिभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्यूआर कोड हस्तान्तरण गर्दा रिक्सा चालकहरू निकै खुसी भएका थिए । 

बैंकसँग कारोबार गर्न पाउनु आफूहरुको लागि निकै गर्वको कुरा भएको बताउँदै उनीहरुले मेगा बैंकलाई धन्यवाद पनि दिएका थिए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख निर्देशक सुशील ज्ञवाली, मेगा बैैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सागर ओझा, बजार बिभाग प्रमुख बरुण शाह, मेगा बैैंक नेपाल लिमिटेड धनगढी शाखाका शाखा प्रबन्धक होमेन्द्र उपाध्यायको उपस्थिति थियो ।

Read More
  • MBL