नेपाल बैंकलाई आधारभूत र प्राविधिक कोणबाट हेर्दा कस्तो देखिन्छ समग्र अवस्था ?



Nepali Paisa

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.१५ प्रतिशतले कम हो । गत वर्ष सोही अवधिमा यसले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । वैधानिक रिजर्भमा ३० करोड ७० लाख ३९ हजार तथा नियामकीय जगेडा कोषमा ३६ करोड ५१ लाख ७८ हजार रुपैयाँ ट्रान्सफर गरेपश्चात बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

वैधानिक रिजर्भ भित्रको साधारण रिजर्भमा २७ करोड ८ लाख, सामाजिक उतरदायित्व कोषमा १ करोड ३४ लाख ४ हजार रुपैयाँ, कर्मचारी तालिम कोषमा २ करोड ३५ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । बैंकको खुद ब्याज आम्दानी ८.२४ प्रतिशतले बढेर २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा २ अर्ब ७४ करोड ५० हजार रुपैयाँ रहेको थियो ।

नेट ट्रडिङ आम्दानी १३.३८ प्रतिशतले बढेर १९ करोड १४ लाख रुपैयाँ तथा अन्य सञ्चालन आम्दानी ७.६६ प्रतिशतले बढेर १२ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बैंकले जोखिम व्यवस्थापन कोषबाट ४ करोड ५१ लाख ३६ हजार रुपैयाँ इम्पेरिमेन्ट चार्ज रिभर्स गरेको छ । त्यस्तै, कर्मचारी खर्च ७.२४ प्रतिशतले बढेर १ अर्ब २३ करोड ४३ लाख रुपैयाँ तथा अन्य सञ्चालन खर्च १४.४१ प्रतिशत ३३ करोड ४२ लाख १२ हजार रुपैयाँ पुगेको छ ।  

Read More
  • Financial Notices