नेपाल इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न, १० % लाभांश पारित


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न, १० % लाभांश पारित

चैत २७, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

एयरपोर्ट होटल सिनामंगलमा शुक्रवार सम्पन्न सभाले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांशसमेत गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यसैगरी सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित गरेको छ ।

साथै आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोडभन्दा बढी रहेको छ । ८ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी रू. १ अर्ब २४ करोड २३ लाख पुगेको छ । 

Read More
  • MBL