'जुनसुकै नयाँ बीमा कम्पनीलाई ५ वर्ष लाभाशं वितरणमा रोक लगाउनु पर्छ'



Bizpati

जोखिममा आधारित पूँजी कोष कायम गर्न लगाई बीमा कम्पनीहरुलाई आन्तरिक रुपमा सवल र सक्षम बनाउने सोच नियमक निकायले बनाउन थालेकोछ। यही सोचबाट फाइदा उठाउन तथा पूँजी बृद्धिलाई आधार बनाएर बीमा कम्पनीहरुले हकप्रद शेयर मार्फत ठुलै चलखेल शुरु गर्न सक्ने संभावना बढ्न थालेको देखिन्छ ।

 

कम्पनीका मुख्य संचालनकर्ता र ठूला लगानी कर्ताहरुले हकप्रद निर्णय पूर्व इनसाइडर ट्रेडिङ गरी कमाउने प्रयास गर्न खोज्दा सोझा साझा शेयरधनी फस्ने अवस्था श्रृजना हुने संभावना अत्याधिक हुदै गएको पाइन्छ । अतः नियमक निकाय चनाखो भई पूँजी बृद्धि योजनालाई समग्र बीमा उद्योग,लगनीकर्ता र बीमितको हितमा निर्देशित गर्न समयमै निम्न कदम चाल्ने तिर ध्यान दिनु जरुरी छ ।

१. विभिन्न कोषहरु, सोल्भेन्सी मार्जीन, प्रोभिजन, फ्यूचर बोनस प्रोभिजन मार्फत बीमा कम्पनीको वित्तीय अवस्था स्वस्थ राख्न नियमक निकायले प्रयास गरीरहेको पाइन्छ । बीमा कम्पनीहरुमा बढी भन्दा बढी लाभांश दिएर अब्बल हुने होड र लगानीकर्ताको छिटो लगानी रकम उठाउन खोज्ने लोभले बीमा कम्पनीहरुको वित्तीय अवस्था भित्रि रुपमा एकदमै अस्वस्थ रहेको पाइन्छ । लामो अवधिको निक्षेप (प्रिमियम) लिने जीवन बीमा कम्पनीहरुले सके जति लाभाशं खाईहाल्ने नीतिले पनि यी कम्पनीहरु भित्री रुपमा बलियो हुन भन्ने अवस्था देखिदैन ।

Read More
  • Financial Notices