कुमारी बैंकको २० औं वार्षिकोत्सव : मनायो सामाजिक कार्यक्रम देशभरका शाखाहरुबाट


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी बैंकको २० औं वार्षिकोत्सव : मनायो सामाजिक कार्यक्रम देशभरका शाखाहरुबाट

कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गर्यो । 

मुलुककै अग्रणी स्थानको उत्कृष्ट बैंकले आफ्नो लामो बैंकिङ्ग इतिहासलाई भव्य कार्यक्रमहरुसहित मनाएको छ । 
बैंकले आफ्नो प्रदेश– १ रहेका १६ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ । 


यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरे स्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङलबारे स्थित ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपिठ सिद्दाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण तथा डस्बिन वितरण गरेकोे छ । 


बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो । 

Read More
  • MBL