नेपाल बैंक लिमिटेडको क्यूआर कोड सेवा कर्णाली प्रदेशस्थित सुर्खेत वीरेन्द्रनगरमा शुरु गरेको छ ।
बैंकले कर्णाली प्रदेशमा रहेका बैंकहरूमध्ये सर्वप्रथम औपचारिक कार्यक्रम गरी फोनपेको क्यूआर कोड सेवा शुरु गरेको हो ।
नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले उक्त सेवाको शुरुवात गर्दै बैंकले डिजिटल सुर्खेत महाअभियानअन्तर्गत क्यूआर कोड सेवा शुरु गरेको बताए ।
उनले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेर सेवा शुरु गरेका हुन् ।
साथै, सञ्चालक मरासिनीले समयको परिवर्तनशीलतलाई आत्मसाथ गरि प्रविधिको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन् ।








