बीमा गर्दा स्याउ किसान डूब्नबाट जोगिए, शिखर इन्स्योरेन्सले दियो १३९१ किसानलाई साढे २ करोड दाबी भुक्तानी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बीमा गर्दा स्याउ किसान डूब्नबाट जोगिए, शिखर इन्स्योरेन्सले दियो १३९१ किसानलाई साढे २ करोड दाबी भुक्तानी

शिखर इन्स्योरेन्सले मौसम सुचकांकमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई साढे रु. २ करोड ५५ लाख बराबरको दाबी रकम भुक्तानी गरेको छ ।

माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबीभुक्तानी हस्तान्तरण गरिएको हो । 

जुम्ला जिल्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बीमा गराउने पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार बराबरको भुक्तानी रकम बुझेका छन् । 

भुक्तानी पाएपश्चात विष्टले शिखर इन्स्योरेन्सले समग्र कर्णालीका किसानको मर्म र सहायताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै कृतज्ञता पनि व्यक्त गरेका छन् । 

जुम्लामा ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बीमा गराएका थिए । जुम्लामा मात्र प्रति बिरुवाद रु. २ सय ७० रुपैयाँका दरले १ करोड बीमा दाबी रकम भुक्तानी गरिएको छ । 

Read More
  • MBL