सिभिल लघुवित्तको ग्लोबल मनि विकका कार्यक्रम


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल लघुवित्तको ग्लोबल मनि विकका कार्यक्रम

सिभिल बैंकको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि विक २०२१ को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ ।
वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालय लगायत २९ जिल्लामा अवस्थित ५५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता अभिवृद्धि हुने प्लेकार्ड, ब्यानरसहित -यालीको समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन जीइडब्लू तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको कार्यक्रममा बचत गर्ने बानीको विकास गर्न, वित्तीय आवश्यक्ता र व्यवस्थापन सम्बन्धी तालिम समेत प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले बताए ।

Read More
  • MBL