रोल्पाको दरबोट बजारमा ग्लोबल आइएमई बैङ्कको शाखारहित बैंकिङ्ग सेवा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
रोल्पाको दरबोट बजारमा ग्लोबल आइएमई बैङ्कको शाखारहित बैंकिङ्ग सेवा

रोल्पा । ग्लोबल आइएमई बैङ्क लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैङ्कको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन त्यहाँ आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण के.सी.ले गरे । 

शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम, एनटीसी, यूटीएल र सिडीएमएको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 
 

Read More
  • MBL