ज्योति लाईफ इन्स्योरेन्सको आईपीओले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ज्योति लाईफ इन्स्योरेन्सको आईपीओले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

चैत १६, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ पाउने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो । कम्पनीको आव २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ रहेको छ ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये  कम्पनीले ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।

Read More
  • MBL