बुटवल : नेपाल बैंक लिमिटेडले डिजिटल लुम्बिनी प्रदेश महाअभियान सञ्चालन गरेको छ। ग्राहकलाई बैंकिङ प्रविधिसँग जोड्ने उद्देश्यले बैंकको प्रादेशिक कार्यालय बुटवलले अभियानको थालनी गरेको हो। अभियानअन्तर्गत बैंकले शनिबार रुपन्देही क्षेत्रमा रहेका ग्राहकलाई ‘क्यूआर कोड’ वितरण गरेको छ।
डिजिटल भुक्तानीमा पछिल्लो समय धेरैले रुचाएको क्यूआर कोड अर्थात् क्विक रेस्पोन्स कोडको पहुँचलाई नेपाल बैंकले सबै ग्राहकसामु पु¥याउने लक्ष्य लिएको जनाएको छ। उद्योगी, व्यवसायी, संघ, संस्था, कार्यालय र व्यक्तिगत प्यान नम्बर लिएका ग्राहकले यसको सेवा लिन सक्ने प्रादेशिक कार्यालय बुटवलका प्रमुख लेखनाथ भुसालले बताए।
‘डिजिटल इकोनोमी अवधारणाअनुसार क्यूआर कोडको सेवालाई प्राथमिकता दिएका हौं’, भुसालले भने, ‘बढ्दो सूचना र प्रविधिलाई आत्मसाथ गरे मात्र ग्राहकको मन जित्न सकिन्छ।’ उनले प्रदेशभर नै यस सेवालाई तीव्र रूपमा अघि बढाउने योजना सुनाए।






-(1)_20210329032235.jpg)

