काठमाडौं । तिनाउ विकास बैंकलाई प्राप्ति गरेको सिटिजन्स बैंकले चैत १४ गते शनिबारदेखि एकीकृत कारोबार गर्ने भएको छ । दुबै बैंकले आरूआफ्नो विशेष/साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । दुबै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थिए । एक्विजिसनपछि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका नामबाट कारोबार शुरु गर्नेछ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार आउँदो आइतबारदेखि गर्न लागको हो ।
यस अघि सिटिजन बैंकले नेपाल हाउजिङएण्ड मर्चेण्ट फाइनान्स लिमिटेड, पिपल्स फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स फाइनान्स लिमिटेडलाई प्रापीत गरीसकेको छ भने सिर्जना फाइनान्स पनि चालु आर्थिक वर्षभित्रै गाभ्ने तयारी गरेको बैंककी प्रवक्ता उमंंग शर्माले बताइन् । हामीले सिर्जना फाइनान्सलासँग पहिलो चरणको सममति गरी सकेका छौं,’ उनले भनिन् ‘चालु आर्थिक वर्षसम्म सो संस्थालाई पनि बैकसँग गाभ्ने काम गरिसक्ने तयारी गरिरहेका छौं । ‘सहयोगी विकास बैंक गत असारमा सिटिजन बैंकमा गाभिएको हो,’ उनले भनिन् ‘हामीले गाभेका वित्तीय संस्थामध्ये ३ वटा फाइनान्स कम्पनी, २ वटा विकास बैंक र एउटा मर्चेण्ड बैंक हो ।’








