वीरगंज तरकारी तथा फलफुल बजारमा माछापुच्छ्रेको क्युआर कोड सेवा, सिधै खातामा भुक्तानी गर्न मिल्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
वीरगंज तरकारी तथा फलफुल बजारमा माछापुच्छ्रेको क्युआर कोड सेवा, सिधै खातामा भुक्तानी गर्न मिल्ने

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले वीरगंज तरकारी तथा फलफुल  बजारमा  क्युआर कोड सेवा संचालनमा ल्याएको छ । 

वीरगंज तरकारी तथा फलफुल बजारस्थित क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर  विजय कुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका थिए । 

उक्त क्युआर कोड सेवा सुरु भएसंगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । 

Read More
  • MBL