एफपीओ निष्कासन गर्ने तयारीमा रहेको सूर्योदय लघुवित्तको ४ वर्षको लाभांश विवरण :



Aarthik Abhiyan

चैत ११, काठमाडौं । सूर्याेदय लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि आगामी चैत ३१ गते साधारण सभा बोलाएको छ । 

कम्पनीको पूँजी संरचना परिवर्तन गरी संस्थापक शेयरधनीको हिस्सा ७८ दशमलव २४ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा २१ दशमलव ७५ प्रतिशत रहेकाले सर्वसाधारण तर्फको शेयर हिस्सा बढाई ३० प्रतिशत पुर्‍याउनको लागि फरक रकमलाई पुनः सर्वसाधारणमा एफपीओ जारी गर्नु परेको कम्पनीले बताएको छ ।

साथै कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई १५ दशमलव ३४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ । 

यो लाभांश पारित गर्नका लागि कम्पनीले आगामी चैत ३१ गते साधारण सभा बोलाएको हो । साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका चैत १९ गतेदेखि ३१ गतेसम्म बन्द रहनेछ ।

Read More
  • NCC Bank