३ वटा प्रदेशको ४ स्थानमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
३ वटा प्रदेशको ४ स्थानमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

माछापुच्छ्रे बैंकले ३ वटा प्रदेशको ४ स्थानमा एकैदिन क्युआर कोड सेवा सुरु गरेको छ।

प्रदेश नम्वर २ को गोलबजार स्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार

चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरुमा उक्त सेवा संचालनमा ल्याएको छ।

समितिमा भरतपुर मलमल यातायात, चितवन यातायात, संयोग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन हुन्।

त्यसैगरी गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ति होमस्टेमा यो सेवा सुरु गरिएको हो।

 

नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य रहेको बैंककाे भनाइ छ।

Read More
  • MBL