दैलेख । नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । चैत ४ गते बुधवार नेपाल बैंक लिमिटेडका सन्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी र नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी मधुकुमार मरासिनीले दैलेख जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले दैलेखबासीलाई समृद्ध बनाउन भुमिका खेल्ने धाराण राखेका थिए ।








