नेपाल बैंकको अगुवाईमा ४ ओटा बैंकले ठूलो खोला जलबिद्युत आयोजनामा साढे २ अर्ब लगानी गर्ने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको अगुवाईमा ४ ओटा बैंकले ठूलो खोला जलबिद्युत आयोजनामा साढे २ अर्ब लगानी गर्ने

काठमाडौँ / नेपाल बैंकको अगुवाईमा ४ ओटा बैंक तथा वित्तीय संस्थाले ठूलो खोला जलविद्युत आयोजनामा साढे दुई अर्ब बढी लगानी गर्ने भएका छन् । 

नेपालमा निजीक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलबिद्युत आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको हो । 

३ अर्ब ६० करोड रुपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको छ भने बिभिन्न ४ ओटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहनेछ । 

प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरू तथा एन. आर. एन. समेतको मूख्य लगानी रहेको संयुक्त उर्जा प्रा.लि.ले विकास गर्न लागेको उक्त जल बिद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिका स्थित ठूलो खोलामा निर्माण हुनेछ ।

एक समारोहकाबीच नेपाल बैंकसहित ४ ओटै कन्सोर्टियमद्वारा रु. २ अर्ब ५२ करोड भन्दा बढी लगानी गर्ने सम्बन्धि Syndicated Credit Facilities Agreement (SCFA) सम्झौता ऋणीका तर्फबाट संयुक्त उर्जा प्रा.लि.का अध्यक्ष डा. बद्री के.सी. तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले समारोहका बिच एक आपसमा हस्तान्तरण गरेका थिए । 

Read More
  • EBL Ad news