नेपाल बैंकको स्वामित्वमा रहेको सीआइटीको ४ लाख ६८ हजार कित्ता सेयर लिलामी खुल्यो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको स्वामित्वमा रहेको सीआइटीको ४ लाख ६८ हजार कित्ता सेयर लिलामी खुल्यो

काठमाडौं  :नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) कोे संस्थापक सेयर आज (चैत ३ गते) बाट लिलामी बिक्री खुला गरेको छ । बैंकले कोषको ४ लाख ६८ हजार ८२८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १५ सय २ रुपैयाँ ५० पैसा भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 

यसमा चैत १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

Read More
  • EBL Ad news