चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा



Rato Pati

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । बैँकले भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिम चोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । 

सोमबार एक औपचारिक कार्यक्रमका बीच बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गरे । 
अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाको उपस्थिति रहेको थियो । 

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तीय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्दै बैँकका संचालक समिति अध्यक्ष न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरूको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिए । 

Read More
  • NCC Bank