सिटिजन लाईफको आईपीओ निष्कासनको गृहकार्य भैरहेको छ: पोषक राज पौडेल-सिईओ



Artha Sansar

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छिट्टै नै साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलसँगकाे कुराकानीमा उनले हाल आन्तरिक गृहकार्य भइरहेकाे र आफूहरू आईपीओ निष्कासनकाे तयारीमा अगाडी बढिरहेकाे बताएका छन् । उक्त आईपीओ बुक बिल्डीङ्ग विधीबाट निष्कासन गर्न हालका लागि टाढाकाे कुरा रहेकाे उनकाे तर्क छ ।
कम्पनीकाे भावी याेजनाकाे बारेमा कुरा गर्दै उनले सर्वप्रथम कम्पनी आईपीओ मार्फत् सर्वसाधारणसँग जाेडिने र त्यसपश्चात् हरेक क्षेत्रमा उच्च स्थरिय सेवा पुर्याउने तथा नयाँ नयाँ प्राेडक्टहरूलञ्च  गर्ने जस्ता रणनिती रहेकाे बताएका छन् ।
यसैगरी, सिटिजन लाइफकाे वित्तीय विवरणकाे कुरा गर्दा लगानी र नाफा दुवैकाे हिसाबले कम्पनी अब्बल रहेकाे उनी बताउँछन् । हरेक वर्ष कम्पनी डबलकाे हिसाबले अघि बढिरहेकाे उनकाे भनाइ छ ।

Read More
  • Financial Notices