दुई कम्पनीको शेयरमूल्य समायोजन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
दुई कम्पनीको शेयरमूल्य समायोजन

चैत १ गते आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको हो।

साधारण सभा प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार १४५ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, नेप्सेले सिर्जना फाइनान्स लिमिटेडको १३.५९ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य १८५ रुपैयाँ निर्धारण गरिएको छ।

Read More
  • MBL