बसमा भाडा तिर्न बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा, पूर्वका यी बसहरुमा उपलब्ध



Artha Dabali

काठमाडौं/   बैंक अफ काठमाण्डू लिमिटेडले विभिन्न बससेवाहरुमा क्यूआर कोड सेवा विस्तार गरेको छ ।

बैंकले आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तार गर्ने क्रममा बससेवाहरुमा पनि उपलब्ध गराएको हो । 
बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा सङ्कलन गर्न क्यू आर कोडको सेवा आज २८ गते बिहिबारदेखि शुरु गरेको हो । 

 उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यू आर कोड हस्तान्तरण गरेका हुन् । 

अब पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखि ईटहरी हुंदै बिराटनगर र धरानसम्म यात्रा गर्ने यात्रुहरुले बसमा राखिएको बैंकको क्यू आर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् ।

Read More
  • NCC Bank