विभिन्न कार्यक्रमका साथ सेञ्चुरी बैंकको दशौं वार्षिकोत्सव : ८७ अर्ब ७० करोड निक्षेप परिचालन ऋण प्रवाह कति ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
विभिन्न कार्यक्रमका साथ सेञ्चुरी बैंकको दशौं वार्षिकोत्सव : ८७ अर्ब ७० करोड निक्षेप परिचालन ऋण प्रवाह कति ?

काठमाडौँ / सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको छ । 
दशौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले १० वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको उल्लेख गरे ।

साथै उनले बैंकले दोहारो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे । 

उक्त समारोहमा बैंकका संचालकहरु सुनिल कुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामना सहित मन्तव्य राखेका थिए । सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै बैंकका ५४ जना कर्मचारीहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरियो । 

Read More
  • MBL