बजारमा ११८ रू.मा पाइने शेयर लिलामीमा रू ३१५.५० सम्ममा बिक्यो, एनसिसिबाट एनबि समूह बाहिरिँदा मालामाल



Mero Lagani

एनबि समूहअन्तर्गतका विभिन्न कम्पनीहरूले लिलामीमा राखेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसि) बैंकको संस्थापक शेयर ओभर सस्क्राइब भएको छ। बजारमा एक सय १८ रुपैयाँ मूल्य रहेको कम्पनीको शेयर लिलामीमा अधिकतम तीन सय १५ रुपैयाँ ५० पैसा सम्ममा बिक्री भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।

"एनसिसी बैकको लिलामीमा राखेको संस्थापक शेयर ओभर सस्क्राइब भयो। अधिकतम ३१५ रुपैयाँ ५० पैसासम्म बोलिलागेको छ"सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले भने।

श्रेष्ठका अनुसार कम्पनीको प्रति कित्ता अंकित मूल्य एक सय रुपैयाँमा ४० रुपैयाँ थप गरी प्रति कित्ता मूल्य १४० रुपैयाँदेखि बढीमा बोल कबोल निकालिएको थियो। जसमा एक सय १४ लगानीकर्ताले आवेदन दिएका छन्। आवेदन दिने मध्ये ११० जनाले शेयर प्राप्त गरेका छन्। जसमा केही व्यक्तिगत लगानीकर्ता सहित संस्थागत लगानीकर्ता समेत नयाँ लगानीकर्ताको रुपमा भित्रिएका छन्। ६ कम्पनीले होल्ड गरेको संस्थागत तर्फको ४.७५ प्रतिशत शेयर लिलामीमा राखिएको थियो। लिलामी पछि ४.७५ प्रतिशत शेयरको संस्थापकका रुपमा एक सय १० जना नयाँ संस्थापक कम्पनीमा भित्रिएका छन्।

Read More
  • NCC Bank