काठमाडाैं । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आज शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका मरासिनी बैंककाे साेमबार बसेको बैठकबाट सर्वसम्मत रुपमा चयन भएका थिए ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनरले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति/रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गर] ।








