तयार भयो मोबाइल मनी, अब टेलिकमका फाेन नम्बर नै मोबाइल वालेट



Tech Pana

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि आवश्यक मोबाइल एप तयार गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानीमा सञ्चालन हुने लागेको उक्त कम्पनीले टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोगमा ल्याउने तयारी गरेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार उक्त एप फागुन १२ अर्थात भोलि नेपाल राष्ट्र बैंकले अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

‘राष्ट्र बैंकले क्यूएसएसडी लगायतको अन्य सम्पूर्ण सिस्टमको अध्ययन यसअघि नै गरिसकेकाले भोलि एपको मात्रै अवलोकन हुनेछ,’ अधिकारीले भने, ‘पहिलो चरणमा मोबाइल एपको कस्टमाइजेशनको काम बाँकी भएकाले एपको देखाउन सकिएको थिएन । तर, अब भने मोबाइल एप तयार भएको छ ।’

Read More
  • Financial Notices