महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँटको तयारी



Aarthik News

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट गर्ने तयारी भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले बुधवार प्रि अलोटमेण्ट गरी शुक्रवारसम्म बाँडफाँट गर्ने गरीरहेको जानकारी दिएको हो । हाल डाटा फेरिफिकेसनको काम भैरहेकाले बुधवार बेलुकासम्म प्रि अलोटमेण्ट गर्न सके शुक्रवार बाँडफाँट हुने विक्री प्रबन्धकको भनाई छ । 

यस कम्पनीको आईपीओमा १५ लाख ८० हजार ७८१ जनाले आवेदन दिएका छन् । अन्तिम दिन फागुन ५ गते बुधवार साझ ५ बजेसम्म यी आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा ६५ दशमलव ७७ गुणा बढी हुन आउँछ । कम्पनीको आईपीओका लागि परेको आवेदन हालसम्मकै उच्च रहेको छ । यस अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजारभन्दा बढीको आवेदन परेको थियो । 

Read More
  • Financial Notices