तीव्र उचारचढाव पछि २१ अंकले घट्यो नेप्से



Online Khabar

११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको थियो ।

दिउसो एक बजे ८७ अंकले घटेर २ हजार ५ सय १९ अंकमा झरेको को नेप्से विस्तारै सुधार हुँदै गएको थियो । कारोबार बन्द हुँदा नेप्से परिसूचक २ हजार ५ सय ८६ दशमलव ५१ अंकमा आइपुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेको छ ।

कारोबार रकम साढे ८ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ८३ हजार ३५७ कारोबारबाट १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँ पुगेको छ ।

Read More
  • Financial Notices