प्रस्तावनाः
नेपालको संविधानले नागरिकको सूचनाको हक प्रत्याभूत गरेको, सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले नागरिकको सूचनाको हक संरक्षण गरी प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नुपर्ने जिम्मेवारी तोकेको सन्दर्भमा सूचनाको स्पष्ट, पारदर्शी, विश्वसनीय, जवाफदेही, सान्दर्भिक र सामयिक सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले बैंकको सूचना तथा जानकारी सरोकारवालासमक्ष प्रवाह गर्ने पद्दतिलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन वाञ्छनीय भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २९ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, सञ्चालक समितिले यो नीति जारी गरेको छ ।
नेपाल राष्ट्र बैंक सूचना तथा संचार नीति, २०७७ (पूर्ण पाठ सहित)