गणपति माइक्रोफाइनान्सको १५% बोनस सेयर दाबी गर्न कहिलेसम्म बन्ने सेयरधनी ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गणपति माइक्रोफाइनान्सको १५% बोनस सेयर दाबी गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा फागुन २८ गते बस्ने भएको छ । सभामा १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।  प्रस्तावित बोनस सेयरपछि पुँजी संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । गणपति मर्जर वा एक्विजिसनमा जान पनि तयार देखिएको छ ।

कुनै उपयुक्त लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । साधारण सभा ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौंडा तनहुँमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभाका लागि फागुन १४ देखि २८ गतेसम्म बुक क्लोज हुनेछ । फागुन १३ गते बिहीबारसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित बोनस सेयर पाउन सक्नेछन् । 

Read More
  • MBL