फरवार्डको शेयरमूल्य समायोजन


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
फरवार्डको शेयरमूल्य समायोजन

फागुन ५ गते, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।

माइक्रोफाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। माइक्रोफाइनान्सको समायोजित मूल्य २ हजार ६७८ रुपैयाँ तोकिएको छ। माइक्रोफाइनान्सको अघिल्लो कारोबार दिन अर्थात मंगलबारको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन भएको हो। मंगलबार माइक्रोफाइनान्सको शेयर प्रतिकित्ता ३ हजार ३४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Read More